ne_tn/mrk/16/intro.md

3.1 KiB

मर्कुस १६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

चिहान

येशू गाडिनुभएको चिहान (मर्कुस १५:४६) त्यस्तो खालको चिहान थियो जसमा धनी यहूदी परिवारकाहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चाहिँ चट्टानमा खोपिएको एउटा वास्तविक कोठा नै थियो । यसको एकापट्टि फराकिलो ठाउँ हुन्थ्यो जहाँ तिनीहरूले लाशलाई तेल र मसालाहरू लगाएर कपडामा बेह्रिसकेपछि त्यसलाई राख्‍न सक्थे । तब तिनीहरूले चिहानको अगाडिपट्टि एउटा ठुलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्‍न वा प्रवेश गर्न नसकोस् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

सेतो वस्‍त्र पहिरिएका एकजना जवान मानिस

मत्ती, मर्कुस, लूका, र यूहन्‍ना सबैले येशूको चिहानमा स्‍त्रीहरूकहाँ सेता वस्‍त्र लगाएका स्वर्गदूतहरू देखा परेको बारेमा लेखे । दुईजना लेखकहरूले तिनीहरूलाई पुरुषहरू भनी बोलाए, तर त्यो चाहिँ तिनीहरू मानव रूपमा भएको कारणले गर्दा मात्रै हो । दुईजना लेखकहरूले दुई स्वर्गदूतहरूको बारेमा लेखे, तर अरू दुई लेखकहरूले तिनीहरूमध्ये केवल एकजनाको बारेमा मात्र लेखे । यी हरेक खण्‍डहरूलाई ठ्याक्‍कै एउटै कुरा भन्‍न लगाउने कोसिस नगरिकन तिनीहरू यूएलटीमा जसरी छन् त्यसरी नै अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२ अनि मर्कुस १६:५ अनि लूका २४:४ अनि यूहन्‍ना २०:१२)