ne_tn/mrk/14/62.md

1.9 KiB

म हुँ

यसको दोहोरो अर्थ हुन सक्छः १) प्रधान पूजाहारीको प्रश्‍नको जवाफ दिनु र (२) परमेश्‍वरले पुरानो करारमा आफूलाई “म हुँ” भन्‍नुभए झैँ आफैँलाई भन्‍नु ।

उहाँ शक्तिको दाहिने हातपट्टि बस्‍नुहुन्छ

यहाँ “शक्ति” एउटा प्रतिस्थापकीय शब्द हो जसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्छ । “परमेश्‍वरको दाहिने हात”पट्टि बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्‍पिक अनुवादः “उहाँ सर्वशक्तिमान् परमेश्‍वरको छेउमा सम्‍मानको स्थानमा बस्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/translate-symaction]])

आकाशको बादलसँग आउनुहुन्छ

यहाँ येशूको आउनुहुँदा बादल पनि सँगै आउने कुराको रूपमा यसलाई वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “जब उहाँ आकाशमा बादलहरू हुँदै तल आउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)