ne_tn/mrk/14/21.md

1.2 KiB

किनभने मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिए बमोजिम जानेछ

यहाँ येशूले धर्मशास्‍त्रले उहाँको मृत्युबारे गरेको अगमवाणीलाई जनाउनुहुन्छ । तपार्इंको भाषामा मृत्युको बारेमा बताउने शिष्‍ट तरिका छ भने यहाँ प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “किनकि मानिसका पुत्र धर्मशास्‍त्रले भनेअनुसार मर्नेछ”

जसद्वारा मानिसका पुत्रलाई धोका दिइनेछ

यसलाई अझ प्रत्यक्ष रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “जसले मानिसको पुत्रलाई धोका दिन्छ”“” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)