ne_tn/mrk/13/13.md

2.6 KiB

तिमीहरू सबैद्वारा घृणित हुनेछौ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले तिमीहरूलाई घृणा गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो नाउँको खातिर

येशूले आफैँलाई जनाउन “मेरो नाउँ” लाई प्रतिस्थानको रूपमा प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “तिमीहरूले ममा विश्‍वास गरेका हुनाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले अन्त्यसम्म कष्‍टहरू सहन्छ, त्यो व्यक्तिलाई परमेश्‍वरले बचाउनुहुनेछ” वा “परमेश्‍वरले अन्तसम्‍म डटिरहनेलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तर जो अन्त्यसम्म रहन्छ

यहाँ “रहन्छ” भन्‍ने कुराले सतावट खेपिरहँदा पनि परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “जसले कष्‍टभोग गर्छ र अन्तसम्‍मै परमेश्‍वरप्रति विश्‍वासयोग्‍य रहन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अन्त्यसम्म

सम्भावित अर्थहरू हुन् १) “उसको जीवनको अन्तसम्‍मै” वा २) “त्यस समस्याको घडीको अन्तसम्‍मै”