ne_tn/mrk/13/12.md

3.6 KiB

दाजुले भाइलाई मृत्यको लागि सुम्पिनेछन्

“एक भाइले अर्को भाइलाई उसलाई मार्ने मानिसहरूको नियन्त्रणमा सुम्पिदिनेछ” वा “भाइहरूले तिनीहरूका भाइहरूलाई तिनीहरूलाई मार्ने मानिसहरूको नियन्त्रणमा सुम्पिदिनेछन् ।” यो धेरैपटक थुप्रै विभिन्‍न मानिसहरूलाई हुनेछ । येशू केवल एक व्यक्ति र उसको भाइको बारेमा मात्र कुरा गरिरहनुभएको छैन ।

भाइ ... भाइ

यसले दाजुभाइ तथा दिदी बहिनी दुबैलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरू ... तिनीहरूका सहोदर दाजुभाइ वा दिदीबहिनीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

बुबाले आफ्नो छोरोलाई

“मृत्युको लागि सुम्पिनेछ” भन्‍ने शब्दहरू अगाडिको वाक्यांशबाट बुझिएका छन् । यसको अर्थ हुन्छ, कि बुबाले आफ्नै छोरालाई धोका दिनेछ र त्यसको कारण मारिनेछ । वैकल्पिक अनुवादः “बुबाले आफ्ना बच्‍चालाई मारिनलाई सुम्पनेछ” वा “बुबाले आफ्नै सन्तानलाई मारिन दिएर धोका दिनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन्

यसको अर्थ हुन्छ, कि छोराछोरीहरूले आफ्ना आमा-बुबाहरूको विरोध गर्नेछन् र तिनीहरूलाई धोका दिनेछन् । वैकल्पिक अनुवादः “छोराछोरीहरूले आमा-बुबाहरूको विरोध गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन्

यसको अर्थ हुन्छ, कि अधिकारीहरूले बुबा-आमालाई मृत्युदण्ड दिनेछन् । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बाबुआमाहरूलाई मृत्युदण्डको आदेश दिन अधिकारीहरूलाई लगाउनेछन्” वा “अधिकारीहरूले बुबा-आमालाई मार्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)