ne_tn/mrk/12/35.md

1.7 KiB

येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले सोध्‍नुभयो र भन्‍नुभयो

केही समय बितेको थियो र अहिले येशू मन्दिरमा हुनुहुन्छ । यो अगिल्‍लो वार्तालापको अंश होइन । वैकल्पिक अनुवादः “पछि, जब येशूले मन्दिरमा सिकाइरहनुभएको थियो, उहाँले मानिसहरूलाई भन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शास्‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन् ?

येशूले उद्धृत गर्न लाग्‍नुभएको भजनसंग्रहबारे मानिसहरूलाई गहनतापूर्वक सोच्‍न लगाउन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “शास्‍त्रीहरूले ख्रीष्‍टलाई किन दाऊदका पुत्र भन्छन् भनी विचार गर ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

दाऊदका पुत्र

“दाऊदको स‍न्तान”