ne_tn/mrk/12/25.md

2.0 KiB

किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्

यहाँ “तिनीहरू”ले उदाहरणका दाजुभाइहरू र महिलालाई जनाउँछ ।

तिनीहरू जीवित भई उठ्छन्

हिँड्नु र निद्राबाट उठ्नु भनेको मृत भइसकेपछि पुनः जीवित हुने कुरालाई जनाउने अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मृतकहरूबाट

तिनीहरू सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ जनाउँछ । तिनीहरूको माझबाट बिउँतने कुराले पुनः जीवित हुने कुराको विषयमा बताउँछ ।

तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्नलाई नै दिइन्छन्

“तिनीहरूले विवाह गर्दैनन्, र तिनीहरूलाई विवाहमा दिइँदैन”

विवाह गर्नलाई नै दिइन्छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “र कसैले पनि तिनीहरूलाई विवाहमा दिँदैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

स्वर्ग

यसले परमेश्‍वरको वासस्थानलाई जनाउँछ ।