ne_tn/mrk/12/19.md

2.3 KiB

मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु मर्छ भने

सदुकीहरूले मोशाले व्यवस्थामा लेखेका कुरा उद्धृत गर्दै छन् । मोशाको भनाइलाई अप्रत्यक्ष कथनमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले हाम्रो निम्ति लेखे, कि यदि कसैको दाजु मर्छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

हाम्रो लागि लेखे

“हामी यहूदीहरूका निम्ति लेखे ।” सदुकीहरू यहूदीहरूको एउटा समूह थियो । यहाँ तिनीहरूले “हाम्रो लागि” लाई तिनीहरू आफैँलाई र सबै यहूदीलाई जनाउन प्रयोग गर्छन् ।

उसले आफ्‍नो दाजुकी पत्‍नीलाई लिनुपर्छ

“त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गर्नुपर्छ”

आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ

“उसको दाजुको लागि छोरा जन्माउनुपर्छ ।” त्यस मानसिको प्रथम छोरालाई मृत दाजुको छोरा मानिने थियो, र त्यस छोराका सन्तानहरूलाई मृत दाजुका सन्तानहरू मानिने थियो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एउटा छोरो जन्माउनुपर्छ जसलाई मृत दाजुको छोरा मानिनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)