ne_tn/mrk/11/intro.md

3.2 KiB

मर्कुस ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ११:९-१०, १७ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

गधा र बछेडा

येशू एउटा पशुमाथि सवार हुनुभएर यरूशलेममा जानुभयो । यसरी उहाँ एक राजा झैँ हुनुहुन्थ्यो जसले एउटा महत्त्वपूर्ण युद्ध जितेर सहरमा आएका थिए । साथै, पुरानो करारमा भएका इस्राएलका राजाहरू पनि गधाहरूमा चढ्थे । अन्य राजाहरू घोडाहरूमा चढ्थे । त्यसैले येशूले देखाइरहनुभएको थियो कि उहाँ इस्राएलका राजा हुनुहुन्थ्यो र उहाँ अरू राजाहरू जस्तो हुनुहुन्थेन ।

मत्ती, मर्कुस, लूका, र यूहन्‍ना सबैले यस घटनाको बारेमा लेखे । मत्ती र मर्कुसले लेखे कि चेलाहरूले येशूलाई एउटा गधा ल्याइदिए । यूहन्‍नाले लेखे कि येशूले एउटा गधा भेट्टाउनुभयो । लूकाले लेखे कि तिनीहरूले उहाँलाई एउटा बछेडा ल्याइदिए । केवल मत्तीले लेखे कि त्यहाँ गधा र बछेडा दुवै थिए । येशू गधामाथि चढ्नुभयो वा बछेडामाथि चढ्नुभयो भनेर कसैले पनि पक्‍का गरेर जान्दैन । तिनीहरू सबैलाई ठ्याक्‍कै एउटै कुरा भन्‍न लाउने कोसिस नगरिकन यी हरेक विवरणहरूलाई यूएलटीमा देखिएको जस्तै गरेर अनुवाद गर्दा बेस हुनेछ । (हेर्नुहोस्ः मत्ती २१:१-७ अनि मर्कुस ११:१-७ अनि लूका १९:२९-३६ अनि यूहन्‍ना १२:१४-१५)