ne_tn/mrk/11/32.md

2.4 KiB

तर यदि हामीले भन्यौँ, ‘मानिसबाट’

यसले यूहन्‍नाको बप्‍तिस्माको स्रोतलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर यदि हामीले भन्यौँ, ‘यो मानिसहरूबाट थियो,’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

मानिसहरूबाट

“मानिसहरूद्वारा”

तर यदि हामीले भन्यौँ, ‘मानिसबाट’ ...

धार्मिक अगुवाहरूले भन्‍न खोजेका कुराको अर्थ यो हो कि यदि तिनीहरूले यो जवाफ दिए भने मानिसहरूबाट कष्‍ट भोग्‍नेछन् । वैकल्‍पिक अनुवादः “तर यदि हामीले भन्यौँ, ‘मानिसहरूबाट’, त्यो असल हुनेछैन ।” वा “तर त्यो मानिसहरूबाट थियो भनेर हामी भन्‍न चाहँदैनौ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

तिनीहरू मानिसहरूसित डराउँथे

धार्मिक अगुवाहरूले यूहन्‍नाको बप्‍तिस्मा मानिसहरूबाट थियो भनेर किन भन्‍न चाहँदैनथे भनेर लेखक, मर्कुसले व्याख्या गर्छन् । यसलाई स्पष्‍ट गरी लेख्‍न सकिन्छ । “तिनमीहरूले यो कुरा एक अर्कालाई भने किनभने तिनीहरू मानिसहरूसँग डराएका थिए” वा “तर तिनीहरू यूहन्‍नाको बप्‍तिस्मा मानिसहरूबाट थियो भन्‍न डराए किनभने तिनीहरू मानिसहरूसँग डराउँथे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)