ne_tn/mrk/11/28.md

2.2 KiB

तिनीहरूले उहाँलाई भने

“तिनीहरूले” मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ ।

कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ ? र ती गर्न तिमीलाई कसले अधिकार दियो ?

सम्भावित अर्थहरू हुन् १) यी दुवै प्रश्‍नको आशय एउटै हो र येशूको अधिकारलाई जोडदार प्रश्‍न गर्न सँगै सोधिएका हुन् र त्यसैले तिनीहरूलाई मिलाएर एउटा बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी सबै थोक गर्ने अधिकार तिमीलाई कसले दियो ?” 2) तिनीहरू दुई फरक प्रश्‍नहरू हुन्, पहिलोले अधिकारको स्वभावको बारेमा सोधिरहेको छ र दोस्रोले त्यो उहाँलाई कसले दियो भनेर सोधिरहेको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

यी कुराहरू गर्छौ

“यी कुराहरू”ले मन्दिरमा येशूले बेच्‍नेहरूको टेबुलहरू पल्टाइदिनुभएको र उहाँले मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूको विरुद्धमा बोल्नुभएका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीले हिजो यहाँ गरेजस्ता कुराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)