ne_tn/mrk/10/30.md

2.8 KiB

जसले प्राप्‍त गर्नेछैन

“त्यहाँ कोही छैन जसले ... छोडेको छ” (पद २९) भन्‍ने शब्दहरूबाट सुरु हुने वाक्य भन्‍नलाई येशूले सकाउनुहुन्छ । सम्पूर्ण वाक्यलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । “मेरो, र सुसमाचारको खातिर घर, वा दाजुभाइहरू, वा दिदीबहिनीहरू, वा आमा, वा बुबा, वा छोराछोरीहरू, वा जग्‍गाजमिन छोड्ने सबैले ... प्राप्‍त गर्नेछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-litotes]])

यहि समयमा

“यो जीवन” वा “यस वर्तमान युग”

दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू

पद २९ मा भएको सूची जस्तै, यसले सामान्य अर्थमा परिवारलाई वर्णन गर्छ । पद ३० मा “बुबाहरू” शब्द छुटेको छ, तर यसले उल्‍लेखनीय रूपमा अर्थलाई बदल्दैन ।

सतावटको साथ, र आउने संसारमा, अनन्त जीवन

यसलाई भाववाचक नामपद शब्द “सतावट”मा भएको अवधारणालाई “दुःख भोग्‍नु” भन्‍ने क्रियापदको साथमा व्यक्त गर्न सकिने गरेर फरक शब्दहरूमा लेख्‍न सकिन्छ । किनभने वाक्य चाहिँ धेरै लामो र जटिल छ, “प्राप्‍त गर्नेछ” भन्‍ने कुरालाई दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूलाई सतावट दिए पनि आउने संसारमा तिनीहरूले अनन्त जीवन पाउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

आउने युगमा

“भविष्‍यको संसारमा” वा “भविष्‍यमा”