ne_tn/mrk/09/47.md

2.4 KiB

यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ

यहाँ आँखा प्रतिस्थापकीय शब्द हो, यीमध्ये कुनैको लागि १) कुनै कुरालाई हेरेर पाप गर्न इच्छा गर्नु । वैकल्पिक अनुवादः “यदि तपार्इंले हेरेर कुनै पाप गर्न चाहनुहुन्छ भने, यसलाई निकालेर फ्याँकिदिनुहोस्” वा २) तिमीले ‍हेरेको कुराले पाप गर्ने चाहना गर्नु । वैकल्पिक अनुवादः “तिमीले हेरेको कुराले तिमीले पाप गर्न चाहन्छौ भने तिम्रा आँखा निकालिदेऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

दुईवटा आँखा हुनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु

यसले मानिस मर्दाखेरी भौतिक शरीरको अवस्थालाई जनाउँछ । मानिसले आफ्नो भौतिक शरीरलाई अनन्ततामा लाँदैन । वैकल्पिक अनुवादः “पृथ्वीमा दुईवटा आँखा लिएर जिउनुभन्दा यहाँ एउटा आँखासँग जिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

नरकमा फालिनु

यसलाई कर्तृवाच्यको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि परमेश्‍वरले तिमीलाई नरकमा फ्याँक्‍नलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)