ne_tn/mrk/09/45.md

2.5 KiB

यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने

यहाँ “खुट्टा”ले तपार्इं जान नहुने ठाउँमा जाने जस्ता खुट्टाले गर्ने पापपूर्ण कुराको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि तिमीले आफ्ना खुट्टाले पापिष्‍ठ कुरा गर्ने इच्छा गर्छौ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

लङ्गडो भएर जीवनमा प्रवेश गर्नु

“खुट्टाविना हुनु र त्यसपछि जीवनमा प्रवेश गर्नु” वा “जीवनमा प्रवेश गर्नुभन्दा अगाडि लङ्गडो हुनु”

जीवनमा प्रवेश गर्नु

मर्ने अनि त्यसपछि अनन्तसम्‍म जिउनलाई सुरु गर्नुलाई जीवनमा प्रवेश गर्ने कुराको रूपमा बताइएको छ । वैकल्पिक अनुवाद: “अनन्त जीवनमा प्रवेश गर्नु” वा “मर्ने अनि सदाको लागि जिउन सुरु गर्ने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

लङ्गडो

“सहज ढङ्गले हिँड्न नसक्ने ।” यहाँ यसले एउटा खुट्टा नभएको कारण राम्ररी हिँड्न नसक्‍ने भएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “बिना खुट्टाको” वा “खुट्टा नभएको”

नरकमा फालिनु

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि परमेश्‍वरले तिमीलाई नरकमा फ्याँक्‍नलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)