ne_tn/mrk/04/23.md

2.6 KiB

यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस्

येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर भन्‍नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्‍न र अभ्यासमा ल्याउनलाई केही प्रयत्‍न गर्नुपर्ने हुन सक्छ । यहाँ “सुन्‍ने कान” भन्‍ने वाक्यांश प्रतिस्थापन शब्द हो जसले बुझ्‍न र आज्ञापालन गर्नलाई भएको तत्परतालाई जनाउँछ । तपाईंले यस्तै समान वाक्यांशलाई मर्कुस ४:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यदि कसैले सुन्‍न इच्‍छा गरिरहेको छ भने, सुनोस्” वा “यदि कसैले बुझ्‍न इच्‍छा गरिरहेको छ भने, उसले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यदि कसैको ... उसले सुनोस्

किनकि येशू उहाँलाई सुनेर बसेका मानिसहरूसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ, यहाँ द्वितीय पुरुषको प्रयोग गर्न तपाईंलाई इच्‍छा हुन सक्छ । तपाईंले यस्तै समान वाक्यांशलाई मर्कुस ४:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू सुन्‍न इच्‍छा गरिरहेका छौ भने, सुन” वा “यदि तिमीहरूले बुझ्‍न इच्‍छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)