ne_tn/mrk/04/13.md

1.7 KiB

जोड्ने कथनः

येशूले आफ्ना चेलाहरूलाई जमिनको दृष्‍टान्तको व्याख्या गर्नुहुन्छ र लुकेका कुराहरू प्रकट गरिनेछ भन्‍ने देखाउन बत्तीको प्रयोग गर्नेबारे बताउनुहुन्छ ।

अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो

“अनि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो”

के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ ? त्यसो भए तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ ?

येशूका चेलाहरूले उहाँको दृष्‍टान्त बुझ्‍न नसकेकोमा उहाँ कति निराश हुनुहुन्थ्यो भनेर देखाउनलाई उहाँले यी प्रश्‍नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरूले यो दृष्‍टान्त बुझ्न सक्दैनौ भने, तिमीहरूलाई अरू सबै दृष्‍टान्तहरू बुझ्न कति कठिन हुनेछ भन्‍ने बारेमा सोच” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)