ne_tn/mrk/04/11.md

1.4 KiB

तिमीहरूलाई दिइएको छ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । “परमेश्‍वरले तिमीहरूलाई दिनुभएको छ” वा “मैले तिमीहरूलाई दिएको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूलाई जो बाहिर छन्

“तर तिनीहरूलाई जो तिमीहरूका माझमा छैनन् ।” यसले अरू सबै मानिसहरूलाई जनाउँछ, जो बाह्र जनामध्येका वा येशूका अन्य नजिकका अनुयायीहरूमध्येका थिएनन् ।

सबैकुरा दृष्‍टान्तहरूमा दिइएको छ

येशूले मानिसहरूलाई दृष्‍टान्त दिनुहुन्छ भनी उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले सबै कुराहरू दृष्‍टान्तमा बोलेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)