ne_tn/mrk/03/intro.md

5.5 KiB

मर्कुस ०३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

विश्रामको दिन

विश्रामको दिनमा काम गर्नु चाहिँ मोशाको व्यवस्थाको विरुद्धमा थियो । फरिसीहरूले विश्‍वास गर्थे कि कुनै बिरामी व्यक्तिलाई विश्रामको दिनमा चङ्गाइ गर्नु भनेको “काम” थियो, त्यसैले येशूले विश्रामको दिनमा एकजना व्यक्तिलाई निको पार्नुहुँदा तिनीहरूले उहाँले गल्ती गर्नुभयो भनी भने । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/lawofmoses)

“आत्माको विरुद्धमा भएको ईश्‍वरनिन्दा”

यो पाप गर्दा मानिसहरूले कस्ता किसिमका कामहरू गर्छन् वा कस्ता वचनहरू भन्छन् भनेर कसैले पनि पक्‍का गरी जान्दैन । यद्यपि, तिनीहरूले त्यसो गर्दा सम्भवतः पवित्र आत्मा र उहाँको कामलाई अपमान गर्छन् । पवित्र आत्माको कामको एउटा भाग भनेको मानिसहरूलाई तिनीहरू पापीहरू हुन् र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्न आवश्‍यक छ भनेर बुझ्‍ने बनाउनु हो । त्यसैकारण, कोही व्यक्ति जसले पाप गर्नलाई छोड्ने कोसिस गर्दैन उसले सम्भवतः आत्माको विरुद्धमा ईश्‍वरनिन्दा गरिरहेको छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/blasphemy]] अनि [[rc:///tw/dict/bible/kt/holyspirit]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

बाह्र चेलाहरू

बाह्र चेलाहरूको सूची निम्नानुसार छः

मत्तीमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्‍करियोत ।

मर्कुसमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्‍ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्‍करियोत ।

लूकामाः

सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्‍थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत ।

सम्भवतः थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्ति हुन् ।

दाजुभाइहरू र दिदीबहिनीहरू

अधिकांश मानिसहरूले एउटै बाबुआमा हुनेहरूलाई “दाजुभाइ” र “दिदीबहिनी” भन्छन् र तिनीहरूका जीवनमा भएका सबैभन्दा महत्त्वपूर्ण मानिसहरूको रूपमा विचार गर्छन् । धैरै मानिसहरूले एउटै हजुरबुबा वा हजुरआमा हुनेहरूलाई पनि “दाजुभाइ” र “दिदीबहिनी” भन्छन् । यस अध्यायमा येशूले उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण मानिसहरू भनेको परमेश्‍वरको आज्ञापालन गर्नेहरू हुन् भनेर भन्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/brother)