ne_tn/mrk/03/09.md

1.6 KiB

सामान्य जानकारीः

येशूको वरिपरि भएको ठूलो भीडको कारण उहाँले आफ्‍ना चेलाहरूलाई के गर्नलाई भन्‍नुभयो भनेर पद ९ ले बताउँछ । त्यति ठूलो भीड येशूको वरिपरि किन थियो भनेर पद १० ले बताउँछ । घटनाहरूलाई तिनीहरू घटेकै क्रममा प्रस्तुत गर्नलाई यी पदहरूमा भएको जानकारीलाई पुनः क्रम मिलाएर राख्‍न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

उहाँले आफ्ना चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्न भन्‍नुभयो ... उहाँलाई नठेलून्

किनभने भीडले येशूतर्फ अगाडि ठेलिरहेको थियो, ‍उहाँ तिनीहरूद्वारा कुल्चिइने खतरामा हुनुहुन्थ्यो । तिनीहरूले उहाँलाई जानाजान कुल्चिने थिएनन् । त्यहाँ यति धेरै मानिसहरू भएकोले गर्दा मात्र हो ।