ne_tn/mrk/02/intro.md

3.5 KiB

मर्कुस ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“पापीहरू”

जब येशूको समयका मानिसहरूले “पापीहरू”को विषयमा कुरा गरिरहेका थिए, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्ताको पालना गर्दैनथे र बरु चोर्ने र यौन सम्बन्धीका पापहरू गर्ने गर्थे । जब येशूले उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो भनेर भन्‍नुभयो, उहाँले भन्‍न खोज्‍नुभएको कुरा यो हो कि ती मानिसहरू मात्र उहाँका अनुयायीहरू हुन सक्छन् जसले तिनीहरू पापीहरू हुन् भनेर विश्‍वास गर्छन् । यो कुरा ती मानिसहरूको लागि पनि सत्य हो जसलाई अधिकांश मानिसहरूले “पापीहरू”को रूपमा सोच्‍दैनन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/sin)

उपवास बस्‍ने र भोज गर्ने

मानिसहरू तिनीहरू निराश हुँदा वा आफ्‍ना पापहरूको लागि तिनीहरू क्षमाप्रार्थी थिए भनेर परमेश्‍वरलाई देखाइरहेको समयमा उपवास बस्‍थे, वा लामो समयसम्‍म केही नखाई रहन्थे । जब तिनीहरू खुशी हुन्थे, जस्तो कि विवाहभोजहरूको समयमा, तिनीहरू भोजहरू राख्‍थे, जहाँ तिनीहरू धेरै खाना खान्थे । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/other/fast)

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

येशूले भन्‍नुभएको र गर्नुभएको कुरामा तिनीहरू रिसाएका थिए र तिनीहरूले उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो भनेर विश्‍वास गर्दैनथे भनेर देखाउनलाई यहूदी अगुवाहरूले आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गरे (मर्कुस २:७) । येशूले चाहिँ यहूदी अगुवाहरू अहंकारी थिए भनेर देखाउनका लागि तिनको प्रयोग गर्नुभयो (मर्कुस २:२५-२६) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)