ne_tn/mrk/02/27.md

1.9 KiB

विश्रामको दिन मानव-जातिको निम्ति बनाइएको थियो

येशूले परमेश्‍वरले विश्रामको दिन किन स्थापित गर्नुभयो भनी प्रस्‍ट पार्नुहुन्छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले विश्रामको दिन मानव-जातिको निम्ति बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानवजाति

“मानिस” वा “मानिसहरू” वा “मानिसहरूका खाँचोको निम्ति” । यसले पुरुष र नारी दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

मानवजाति विश्रामको दिनको निम्ति होइन

“बनाइएको थियो” भन्‍ने शब्दहरूलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । तिनीहरूलाई यहाँ दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “मानव-जाति विश्रामको दिनको निम्ति बनाइएको थिएन” वा “परमेश्‍वरले मानिसलाई विश्रामको दिनको निम्ति बनाउनुभएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)