ne_tn/mrk/02/22.md

2.0 KiB

जोड्ने कथनः

येशूले अर्को दृष्‍टान्त भन्‍न थाल्नुहुन्छ । यो चाहिँ नयाँ दाखमद्यलाई नयाँ मशकमा राख्‍नु भन्दा पुरानो मशकमा राख्‍ने सम्बन्धी छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

नयाँ दाखमद्य

“दाख रस ।” यसले नमत्ताएको (नपिराएको) मद्यलाई जनाउँछ । यदि तपार्इंको क्षेत्रमा अङ्गुरबारे जानकारी छैन भने फललाई जनाउने चलनचल्तीको शब्दलाई प्रयोग गर्नुहोस् ।

पुरानो मशक

यसले धेरै पटक प्रयोग गरिसकेको मशकलाई जनाउँछ ।

मशकहरू

यो जनावरका छालाहरूबाट बनाइएका झोलाहरू हुन् । यसलाई “दाखमद्य राख्‍ने झोला” वा “छालाको झोला” पनि भन्‍न सकिन्छ ।

दाखमद्यले छालालाई फटाउँछ

नयाँ दाखमद्य पिरिँदा (मत्तिँदा) त्यो फैलिन्छ र यसले पुरानो, कमजोर मशकहरूलाई च्यात्छ ।

नष्‍ट हुनेछन्

“बरबाद हुनेछन्”

ताजा मशकहरू

“ताजा मशकहरू” वा “नयाँ दाखमद्यका झोलाहरू ।” यसले कहिल्यै प्रयोग नगरिएका मशकहरूलाई जनाउँछ ।