ne_tn/mrk/02/09.md

1.9 KiB

के भन्‍न सजिलो हुन्छ पक्षाघाती मानिसलाई , ... ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्‍नु ?

येशूले साँच्‍चै पापहरू क्षमा गर्न सक्‍नुहुन्थ्यो वा हुँदैनथ्यो भनेर के कुराले प्रमाणित गर्न सक्ला भनी शास्‍त्रीहरूलाई सोच्‍न लगाउनका लागि उहाँले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “मैले भर्खर पक्षघाती मानिसलाई भनेँ, ‘तिम्रा पापहरू क्षमा भएका छन् ।’ तिमीहरूलाई सोच्‍न सक्छौ कि यसो भन्‍नु झन् कठिन छ, ‘उठ, तिम्रो खाट बोक, र हिँड’, किनभने मैले पापहरू क्षमा गर्न सक्छु वा सक्दिन भन्‍ने कुराको प्रमाणलाई ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्‍ने कुराद्वारा देखाइनेछ ।” वा “तिमीहरूले सोच्‍छौ होला कि पक्षाघाती मानिसलाई ‘उठ, तिम्रो खाट बोक, र हिँड’ भन्‍नुभन्दा ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्‍नु सजिलो हुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)