ne_tn/mrk/01/44.md

2.0 KiB

कसैलाई केही नभन्ने भनी पक्का गर

“कसैलाई केही पनि नभन्‍नलाई पक्‍का गर”

पूजाहारीकहाँ आफैँलाई देखाऊ

पूजाहारीले त्यसको कुष्‍ठरोग साँच्‍चै गएको थियो वा थिएन भनी पूजाहारीले हेर्न सकोस् भनेर येशूले त्यस मानिसलाई आफैँलाई पूजाहारीकहाँ देखाउनलाई भन्‍नुभयो । यदि मानिसहरू अशुद्ध भएका थिए र अब अशुद्ध छैनन् भने मोशाको व्यवस्थामा मानिसहरूले आफैँलाई पूजाहारीकहाँ प्रस्तुत गर्नुपर्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

आफैँलाई देखाऊ

यहाँ “आफैँलाई” शब्दले कुष्‍ठरोगीको छालालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिम्रो छाला देखाऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूलाई गवाहीको रूपमा

तपार्इंको भाषामा सम्भव हुन्छ भने “तिनीहरू” सर्वनामलाई नै प्रयोग गर्नु उत्तम हुन्छ । सम्भावित अर्थहरू हुन् १) “पूजाहारीहरूका निम्ति गवाही” वा २) “मानिसहरूलाई गवाही ।”