ne_tn/mrk/01/03.md

1.9 KiB

उजाडस्थानमा कोही बोलाउनेको आवाज

यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उजाडस्थानमा एकजना कराइरहनेको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कसैले कराइरहेको आवाज सुने”

परमप्रभुको बाटो तयार पार ... उहाँका बाटाहरू सिधा बनाओ

यी दुई वाक्यांशहरूले एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभुको बाटो तयार पार

“बाटोलाई परमप्रभुको लागि तयार पार ।” यसो गर्नुले परमप्रभु आउनुहुँदा उहाँको सन्देश सुन्‍नलाई तयार रहने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले आफ्‍ना पापहरूको पश्‍चात्ताप गरेर यो गर्छन् । वैकल्‍पिक अनुवादः “परमप्रभु आउनुहुँदा उहाँको सन्देश सुन्‍नलाई तयार गर” वा “पश्‍चात्ताप गर र परमप्रभु आउनुहुनको लागि तयार होऊ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])