ne_tn/mic/01/02.md

2.6 KiB

सामान्य जानकारीः

मिका १‍ः२-७ सामरियामाथि परमेश्‍वरको न्याय बारे हो ।

सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन

यसले मिकाको अगमवाणीको सुरूआत गर्छ । यी दुवै वाक्यहरूले एउटै अर्थ दिन्छ र पृथ्वीमा भएका सबैले सुन्‍नुपर्छ भन्‍ने जोड दिन्छ । मिका यसरी बोल्छ कि मानौँ पृथ्वीका सबै मानिसहरू त्यहाँ तिनलाई सुनिरहेका थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-apostrophe)

उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ

अर्को अनुवादः "उहाँले पृथ्वीका उच्‍च स्थानहरूलाई आफ्नो पाउले कुचल्नु भएझैँ उहाँले ती पूर्ण रूपले नाश गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन्

यसको अर्थ जब परमेश्‍वर मूर्तिपूजकहरूको पूजा गर्ने स्थानहरूलाई नाश गर्न आउनुहुन्छ तब केहीले पनि उहाँलाई रोक्न सक्नेछैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद