ne_tn/mat/27/64.md

2.9 KiB

त्यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्‍यो चिहानको सुरक्षा गर्न आफ्‍ना सिपाहीहरूलाई आदेश दिनुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तेस्रो दिन

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

उसका चेलाहरू आएर उसलाई चोर्लान्

“उसका चेलाहरू आऊलान् र उसको लास चोरेर लैजालान्”

उसका चेलाहरू आऊलान् ... मानिसहरूलाई भन्‍लान्, ‘उहाँ मृतकबाट बौह्रनुभएको छ’, र

यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्‍यक्ष उद्धरण रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “उसका चेलाहरूले ... मानिसहरूलाई भन्लान् कि ऊ मृतकबाट जीवित भइउठको छ, र” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

मृतकबाट

मरेर गएका ती सबैको माझबाट । यस अभिव्यक्तिले तल्‍लो संसारमा भएका सबै मृतक मानिसहरूलाई वर्णन गर्छ । तिनको माझबाट बिउँतनु भन्‍ने कुराले फेरि जीवित बन्‍ने कुराको विषयमा बताउँछ ।

अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ

बुझेको जानकारीलाई स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “यदि तिनीहरूले त्‍यसो भनेर मानिसहरूलाई छल गरे भने, त्‍यो चाहिँ उसले पहिले आफूलाई ख्रीष्‍ट भनेर मानिसहरूलाई छल गरेकोभन्‍दा झन् खराब हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)