ne_tn/mat/27/03.md

2.2 KiB

सामान्य जानकारीः

यहूदी धार्मिक अगुवाहरूका महासभाको सामु येशूको जाँच भइसकेपछि यी घटना भए, तर यो घटना पिलातसको सामु येशूको जाँच हुनुअगि वा उक्त अवधिमा नै भएको हो भनेर हामी जान्‍न सक्दैनौँ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

जोड्ने कथनः

यहूदाले कसरी आफैँलाई मार्‍यो भन्‍ने घटनाको विवरणलाई बताउनका लागि लेखकले येशूको केरकारको विवरण भन्‍न बन्द गरेका छन् ।

त्यसपछि जब यहूदाले देख्यो

यदि नयाँ कथा सुरु भएको कुरा सङ्केत गर्ने तरिका तपाईंको भाषामा छ भने, तपाईंले त्‍यो यहाँ प्रयोग गर्नुपर्दछ ।

येशूलाई दण्डाज्ञा भएको देख्यो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यहूदी अगुवाहरूले येशूलाई दण्डाज्ञा दिएका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ती चाँदीका तीसवटा सिक्‍का

त्यो पैसा जुन चाहिँ येशूलाई धोका दिनको निम्ति मुख्य पूजाहारीहरूले यहूदालाई दिएका थिए । तपाईंले यसलाई मत्ती २६:१५ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।