ne_tn/mat/26/48.md

1.9 KiB

अब ... उनलाई नै पक्रनू

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले यहूदा र येशूलाई धोका दिनका लागि उसले योजना गरेको सङ्केतको बारेमा पृष्‍ठभूमि जानकारी भन्‍दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

भन्दै, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”

यो प्रत्‍यक्ष उद्धरणलाई अप्रत्‍यक्ष उद्धरणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “जसलाई उसले चुम्बन गर्छ, उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ जसलाई तिनीहरूले पक्रनुपर्छ भनेर उसले सङ्केत दिएको थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

जसलाई मैले चुम्बन गर्छु

“उहाँ जसलाई म चुम्बन गर्छु” वा “त्यो मानिस जसलाई म चुम्बन गर्छु”

म चुम्बन गर्छु

यो एक व्यक्तिको शिक्षकलाई अभिवादन गर्ने आदरपूर्ण तरिका थियो ।