ne_tn/mat/26/45.md

2.4 KiB

के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ ?

चेलाहरू सुतिरहेका हुनाले तिनीहरूलाई हप्‍काउनका लागि येशूले यो प्रश्‍न प्रयोग गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरू अझै सुतिरहेका र आराम गरिरहेका हुनाले मलाई खिन्‍नता हुन्‍छ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यो घडी आइरहेछ

यो एउटा वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “त्यो समय आइसकेको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मानिसको पुत्रलाई धोका दिइँदै छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले मानिसको पुत्रलाई धोका दिँदैछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिसको पुत्र

येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

पापीहरूको हातमा धोका दिइँदै छ

यहाँ “हातमा” शब्‍दले शक्ति वा अधीनतालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पापीहरूका शक्तिमा सुम्‍पिइएको” वा “धोका दिइएको ताकि पापीहरूले उहाँमाथि शक्ति पाउन सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हेर

“मैले तिमीहरूलाई जे भन्‍न गइरहेको छु, त्यसमा ध्यान लगाओ”