ne_tn/mat/26/42.md

2.9 KiB

उहाँ जानुभयो

“येशू जानुभयो”

दोस्रो पटक

पहिलो पटकको कुरालाई मत्ती २६:३९ मा वर्णन गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

मेरो पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

यदि मैले नपिइकन यो जाँदैन भने

“यदि यो जानका लागि एउटै उपाय भनेको मैले पिउनु हो भने ।” येशूले आफूले गर्नुपर्ने कामको विषयमा त्यो कुनै तीतो पेय पदार्थ भए झैँ गरी बताउनुहुन्छ जुन पिउनलाई परमेश्‍वरले उहाँलाई आदेश दिनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यदि यो

यहाँ “यो” शब्दले कचौरा र त्‍यसमा भएको कुरालाई जनाउँछ, जुन मत्ती २६:३९ मा जस्तै गरी दुःखभोगको लागि अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जब सम्म म यो पिउँदिन

“जबसम्म म यसबाट पिउँदिन” वा “जबसम्म म यो कष्‍टको कचौराबाट पिउँदिन ।” यहाँ “यो” शब्दले कचौरा र त्‍यसमा भएको कुरालाई जनाउँछ, जुन मत्ती २६:३९ मा जस्तै गरी दुःखभोगको लागि अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तपाईंकै इच्‍छा पूरा होस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तपाईं जे चाहानुहुन्‍छ, सो पूरा होस्” वा “जे गर्न तपाईं चाहनुहुन्छ सो गर्नुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)