ne_tn/mat/25/01.md

2.0 KiB

जोड्ने कथनः

उहाँका चेलाहरू उहाँको आगमनको निमित्त तयार हुनुपर्छ भनेर प्रस्‍ट पार्नका लागि बुद्धिमति र निर्बुद्धि कन्याहरूका विषयमा येशूले एउटा दृष्‍टान्त भन्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

स्‍वर्गको राज्‍य ... हुनेछ

यहाँ “स्वर्गको राज्य” भन्‍नाले परमेश्‍वरले राजाको रूपमा शासन गर्ने कुरा हो । “स्वर्गको राज्य” भन्‍ने वाक्‍यांशलाई मत्तीमा मात्र प्रयोग गरिएको छ । सम्‍भव भए, तपाईंको अनुवादमा “स्‍वर्ग” शब्‍द प्रयोग गर्नुहोस् । तपाईंले यसलाई मत्ती १३:२४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जब स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्‍छ, तब यस्‍तो हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बत्तीहरू

यो यीमध्ये हुन सक्छ १) बत्तीहरू वा २) एउटा लौरोको टुप्पोमा एउटा कपडा बाँधेर त्यस कपडालाई तेलले भिजाएर बनाइने चिराक ।