ne_tn/mat/24/34.md

1.8 KiB

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्‍नुहुने कुरामा जोड थप्छ ।

यो पुस्ता बितेर जानेछैन

यहाँ “बितेर जाने” भनेको चाहिँ नम्र भाषामा मरेर जाने भनेको हो । वैकल्‍पिक अनुवादः “यो पुस्ताका सबै मर्नेछैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

यो पुस्ता

सम्भावित उल्थाहरू हुन् १) “आज जीवित रहेका सबै मानिसहरू”, जसले येशूले बोल्दै गर्नुहुँदा जीवित रहेका मानिसहरूलाई जनाउँछ वा २) “मैले तिमीहरूलाई भर्खरै भनेका यी कुराहरू हुन लाग्दा जीवित रहेका सबै मानिसहरू ।” दुवै उल्थाहरू सम्भव हुने किसिमले अनुवाद गर्न कोसिस गर्नुहोस् ।

यी सबै कुराहरू नभएसम्‍म

“परमेश्‍वरले सबै कुराहरूलाई हुन नलाउनुभएसम्‍म”

बितेर जाने छैन

“हराउनु” वा “कुनै दिन अस्तित्वमा हुन छोड्नु”