ne_tn/mat/22/44.md

1.8 KiB

परमप्रभुले ... भन्‍नुभयो

यहाँ “परमप्रभु” भन्‍नाले पिता परमेश्‍वरलाई जनाउँछ ।

मेरा प्रभुलाई

यहाँ “प्रभु”ले ख्रीष्‍टलाई जनाउँछ । साथै, “मेरा”ले दाऊदलाई जनाउँछ । यसको अर्थ दाऊदभन्‍दा ख्रीष्‍ट महान् हुनुहुन्‍छ ।

मेरो दाहिने हातपट्टि बस

“परमेश्‍वरको दाहिने हातपट्टि” बस्‍नु भनेको चाहिँ परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुरालाई जनाउने सङ्केतात्मक कार्य हो । वैकल्‍पिक अनुवादः “मेरो छेउमा सम्‍मानको स्थानमा बस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदानमुनि ल्याउँदिन

यो एउटा वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “जबसम्‍म म तिम्रा शत्रुहरूलाई पराजित गर्दिन” वा “जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रो सामु झुक्‍ने तुल्याउँदिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)