ne_tn/mat/22/31.md

1.5 KiB

जोड्ने कथनः

मरेका मानिसहरू फेरि जीवित हुनेछन् भनेर देखाउनका लागि येशूले एउटा प्रश्‍न सोध्‍न सुरु गर्नुहुन्छ ।

के तिमीहरूले पढेका छैनौ ... परमेश्‍वर भन्दै, ...

येशूले प्रश्‍न सोध्‍नुभएर सदुकीहरूलाई हप्‍काउनुहुन्छ । उहाँले कुनै जवाफ पर्खिरहनुभएको छैन । वैकल्‍पिक अनुवादः “म जान्दछु कि तिमीहरूले पढेका छौ कि ... परमेश्‍वर ... । तिमीहरू जान्दछौ कि उनले भने,” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

परमेश्‍वरद्वारा यसरी तिमीहरूलाई भनिएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे कुरा परमेश्‍वरले तिमीहरूसँग बोल्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)