ne_tn/mat/21/42.md

4.0 KiB
Raw Permalink Blame History

सामान्य जानकारीः

धार्मिक अगुवाहरूले इन्कार गरेको मानिसलाई परमेश्‍वरले आदर गर्नुहुन्‍छ भनी दर्शाउनका लागि येशूले यसैया अगमवक्ताबाट उद्धृत गर्नुहुन्‍छ ।

जोड्ने कथनः

यहाँ येशूले ती विद्रोही मोहीहरूका बारेमा भनिएको दृष्‍टान्‍तलाई स्‍पष्‍ट पार्न सुरु गर्नुहुन्‍छ ।

येशूले तिनीहरूलाई भन्‍नुभयो

येशूले तल दिइएको प्रश्‍न कसलाई सोध्‍नुभयो सो स्‍पष्‍ट छैन । यदि तपाईंले “तिनीहरू” लाई स्‍पष्‍ट पार्न आवश्‍यक हुन्‍छ भने, तपाईंले मत्ती २१:४१ मा उल्‍लेख गरेकै मानिसलाई प्रयोग गर्नुहोस् ।

के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेका छैनौ ... हाम्रा दृष्‍टि ... ?

यो धर्मशास्‍त्रले के भन्‍दछ, त्‍यो आफ्‍ना श्रोताहरूलाई गहन रूपमा सोच्‍ने बनाउनलाई येशूले प्रश्‍न प्रयोग गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले पढेका कुराका बारेमा विचार गर ... दृष्‍टिमा ... ।’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो

येशूले भजनसंग्रहबाट उद्धृत गर्नुहुन्‍छ । यो अलङ्कार हो, जसको अर्थ निर्माण गर्नेहरूले झैँ धार्मिक अगुवाहरूले येशूलाई तिरस्‍कार गर्ने छन्, तर भवनको एउटा कुनेढुङ्गोलाई झैँ परमेश्‍वरले उहाँलाई आफ्‍नो राज्‍यमा सबैभन्‍दा बढी प्रतिष्‍ठित बनाउनुहुने छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कुनाको शिर ढुङ्गो बनाइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कुनाको शिर ढुङ्गो बनेको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो परमप्रभुबाट भएको हो

“यो महान् परिवर्तन परमप्रभुले गर्नुभएको हो”

हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ

यहाँ “हाम्रो दृष्‍टिमा”ले हेर्ने कुरा जनाउँछ । वैकल्‍पिक अनुवादः “यो हेर्नलाई आश्‍चर्यपूर्ण छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)