ne_tn/mat/21/33.md

1.7 KiB

जोड्ने कथनः

धार्मिक अगुवाहरूलाई हप्‍काउन र तिनीहरूका अविश्‍वासलाई उदाहरणसहित स्‍पष्‍ट पार्न येशूले विद्रोही मोहीहरूका दृष्‍टान्‍त भन्‍नुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

एकजना जमिनका मालिक

“एकजना व्यक्ति जससँग केही सम्पत्ति थियो”

छेकबार

“पर्खाल” वा “बार”

दाख पेल्‍ने कोलको निम्‍ति खाल्‍डो खने

“दाख पेल्‍नका लागि दाखबारीमा एउटा खल्‍डो खने”

खेतालाहरूलाई त्यसको ठेक्‍का दिए

दाखबारी अझै पनि त्यसको मालिकको नै हो, तर उनले खेतालाहरूलाई त्यसको रखवाली गर्न दिए । जब अङ्गुर पाक्यो, तिनीहरीले केही मालिकलाई दिएर बाँकी आफू राख्‍न सक्थे ।

खेतालाहरू

यी ती व्यक्तिहरू थिए जसले दाख र त्यसका बोटहरूको हेरचाह उचित प्रकारले कसरी गर्ने भन्‍ने कुरा जान्दथे ।