ne_tn/mat/21/16.md

2.2 KiB

के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्‍न सक्छौ ?

मुख्‍य पूजाहारी र शास्‍त्रीहरू येशूसँग रिसाएका हुनाले उहाँलाई हप्‍काउनका लागि तिनीहरूले प्रश्‍नको प्रयोग गरे । वैकल्‍पिक अनुवादः “तिमीले आफ्‍नो बारेमा मानिसहरूलाई यी कुरा भन्‍न दिनुहुँदैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिमीहरूले कहिल्यै पढेका छैनौ ... प्रशंसा’ ?

मुख्‍य पूजाहारी र शास्‍त्रीहरूलाई तिनीहरूले धर्मशास्‍त्रमा पढेका कुरा याद गराउन येशूले यो प्रश्‍न सोध्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “हो, म तिनीहरूलाई सुन्दछु, तर तिमीहरूले धर्मशास्‍त्रमा जे पढेका थियौ, त्यो तिमीहरूले सम्झनुपर्छ ... प्रशंसा ।’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

दूधे बालक र शिशुहरूको मुखबाट तपाईंको प्रशंसा गर्न तपाईंले तयार गर्नुभएको छ

“मुखबाट” भन्‍नाले बोल्‍ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “साना बालक र शिशुहरूलाई तपाईंले प्रशंसा बोल्‍ने बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)