ne_tn/mat/21/12.md

1.3 KiB

सामान्य जानकारीः

पद १३ मा, विक्रेताहरू र पैसा साट्नेहरूलाई हप्‍काउनका लागि येशूले यशैया अगमवक्ताबाट उद्धृत गर्नुहुन्‍छ ।

जोड्ने कथनः

यसले येशू मन्‍दिरमा प्रवेश गर्नुभएको वर्णन सुरु गर्दछ ।

येशू मन्दिरभित्र प्रवेश गर्नुभयो

येशू वास्‍तविक मन्‍दिरको भित्र प्रवेश गर्नुभएन । उहाँ मन्‍दिर वरिपरिको चोकमा प्रवेश गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

खरिद गर्ने र बेच्नेहरू

व्‍यापारीहरूले जनावरहरू र अरू थोकहरू बेचिरहेका थिए, जसलाई मन्‍दिरमा उचित बलिदान चढाउनका लागि यात्रुहरूले खरिद गर्दथे ।