ne_tn/mat/21/04.md

2.0 KiB

सामान्य जानकारीः

येशूले यरूशलेम प्रवेश गर्नुहुँदा उहाँले गधामा चढेर उहाँले अगमवाणी पूरा गर्नुभयो भनेर दर्शाउनका लागि लेखकले यहाँ जकरिया अगमवक्ताबाट उद्धृत गर्दछन् ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । येशूले गर्नुभएका कार्यकलापहरूले कसरी धर्मशास्‍त्र पूरा हुन आयो भनेर मत्तीले यहाँ स्‍पष्‍ट पार्दछन् ।

अगमवक्ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यस्‍तो हुन आयो, र यसरी अगमवक्ताहरूद्वारा परमेश्वरले धेरै पहिले बोल्‍नुभएको कुरा येशूले पूरा गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अगमवक्ताद्वारा

त्‍यहाँ धेरै जना अगनवक्ताहरू थिए । मत्तीले जकरियाको बारेमा कुरा गरेका थिए । वैकल्‍पिक अनुवादः “जकरिया अगमवक्ता” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)