ne_tn/mat/18/intro.md

1.6 KiB

मत्ती १८ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

येशूका चेलाहरूका विरुद्धमा अरू चेलाहरूले पाप गर्दछन् भने तिनीहरूले के गर्नुपर्दछ ?

आफ्‍ना चेलाहरूले एकआपसमा असल व्‍यवहार गर्नुपर्दछ, र एकअर्कालाई रिस गर्नुहुँदैन भनेर येशूले सिकाउनुभयो । कसैले पाप गरेर क्षमा माग्दछ भने, तिनीहरूले क्षमा गर्नुपर्दछ । उसले पहिले पनि त्‍यो पाप गरे पनि क्षमा गर्नुपर्दछ । यदि उसले आफ्‍नो पापको लागि क्षमा मागेको छैन भने, येशूका चेलाहरूले एकान्‍तमा वा सानो समूहमा उसित कुरा गर्नुपर्दछ । यदि आफ्‍नो पापको लागि उसले अझ पनि माफ माग्दैन भने, येशूका चेलाहरूले उसलाई दोषी ठहराउन सक्‍दछन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/repent]] अनि [[rc:///tw/dict/bible/kt/sin]])