ne_tn/mat/18/15.md

843 B

जोड्ने कथनः

येशूले पश्‍चात्ताप र क्षमादानको बारेमा शिक्षा दिन सुरुवात गर्नुहुन्छ ।

तिम्रो भाइ

यसले परमेश्‍वरमा विश्‍वास गर्ने विश्‍वासी भाइलाई जनाउँछ, शारीरिक भाइलाई होइन । वैकल्‍पिक अनुवादः “तिम्रो सङ्गी विश्‍वासी”

तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ

“तिमीले आफ्नो भाइसँगको सम्बन्धलाई फेरि असल बनाउनेछौ”