ne_tn/mat/18/08.md

2.0 KiB

यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ

मानिसले आफूलाई जुन कुराले पाप गर्न लगाउँछ, त्‍यसलाई आफ्‍नो जीवनबाट हटाउनका लागि उसले जुनसुकै मूल्‍य चकाउनुपर्छ भन्‍न येशूले यहाँ बढाइचढाइ गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तिम्रो ... तिमी

यी शब्‍द एकवचन रूपमा दोहोरिएका छन् । येशूले सामान्‍य रूपमा सबै मानिसलाई भन्‍नुभएको हो । यहाँ बहुवचन “तिमीहरू” लेखेर अनुवाद गर्दा तपाईंको भाषामा बढी स्‍वभाविक लाग्न सक्‍दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जीवनमा

“अनन्त जीवनमा”

दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीलाई अनन्‍त आगोमा फाल्‍नुहुँदा दुवै हात वा दुवै खुट्टा हुनुभन्‍दा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)