ne_tn/mat/16/intro.md

4.1 KiB

मत्ती १६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

खमिर

मानिसहरूले परमेश्‍वरको बारेमा विचार गर्ने कुरालाई येशूले रोटी भए झैँ कुरा गर्नुभयो र मानिसहरूले परमेश्‍वरको बारेमा शिक्षा दिने कुरालाई उहाँले खमिर भएझैं कुरा गर्नुभयो । खमिरले मुछेको पिठोलाई फुलाइदिन्‍छ र रोटी पकाएपछि स्‍वादिलो हुन्‍छ । उहाँका चेलाहरूले फरिसी र सदुकीहरूका शिक्षा नसुनुन् भन्‍ने उहाँको इच्‍छा थियो । यदि तिनीहरूले त्‍यो सुने भने, परमेश्‍वर को हुनुहुन्‍छ र उहाँका आफ्‍ना मानिसहरूले कसरी जीवन बिताउन् भन्‍ने उहाँको इच्‍छा छ, सो तिनीहरूले बुझ्‍न सक्‍ने छैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

अलङ्कार

येशूले आफ्‍ना चेलाहरूलाई उहाँका आज्ञा पालन गर्न भन्‍नुभयो । उहाँले तिनीहरूलाई उहाँको “पछि लाग्‍न” भनेर यसो गर्नुभयो । यो कुराचाहिं उहाँ एउटा बाटोमा हिंडिरहनुभएको र तिनीहरू उहाँको पछिपछि हिँडिरहेका कुराजस्‍तो हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

पृष्‍ठभूमि जानकारी

पद १ देखि २० सम्‍म मत्तीले १५ अध्‍यायको वर्णनलाई निरन्‍तरता दिन्‍छन् । यो वर्णन पद २१ मा रोकिन्‍छ । अनि येशू यरुसलेममा पुग्‍नुभएपछि मानिसहरूले उहाँलाई मार्ने छन्, भनी उहाँले आफ्‍ना चेलाहरूलाई दोहोर्‍याइ दोहोर्‍याइ भन्‍नुभयो भनेर मत्तीले पाठकहरूलाई जानकारी दिन्‍छन् । त्‍यसपछि यो वर्णन पद २२-२७ सम्‍म निरन्‍तर जान्‍छ, र येशूले आफू मर्ने कुरा पहिलोपल्ट गर्नुहुँदा के भयो, सो उल्‍लेख गर्दछ ।

विरोधाभास

विरोधाभास साँचो भनाइ हो, जसले कुनै असम्‍भाव्‍य कुराको वर्णन गर्दछ । येशूले भन्‍नुभयो, “किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ, उसले त्यो गुमाउने छ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो प्राप्‍त गर्ने छ” (मत्ती १६:२५) ।