ne_tn/mat/16/28.md

1.9 KiB

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्‍नुहुने कुरामा जोड थप्छ ।

तिमीहरूलाई

यो शब्‍द जतिपल्ट दोहोरिए पनि बहुवचन हो र चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

निश्‍चय पनि मृत्यु चाख्‍नेछैन

यहाँ “चाख्‍ने” को अर्थ अनुभव गर्ने हो । वैकल्‍पिक अनुवादः “मृत्युको अनुभव गर्नेछैन” वा “मर्नेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मानिसका पुत्रलाई आफ्‍नो राज्यमा आउँदै गरेका नदेखुञ्जेलसम्म

यहाँ “राज्‍य” ले मानिसको पुत्रले राजा भएर राज्‍य गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जबसम्‍म तिनीहरूले मानिसका पुत्रलाई राजाको रूपमा आउँदै गरेको देख्दैनन्” वा “जबसम्‍म तिनीहरूले मानिसका पुत्र राजा हुनुहुन्छ भन्‍ने कुराको प्रमाण देख्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)