ne_tn/mat/16/24.md

2.3 KiB

मलाई पछ्याउन

यहाँ येशूलाई पछ्याउने कुराले उहाँका चेलाहरूमध्‍ये एक जना हुने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मेरो चेला हुन” वा “मेरा चेलाहरूमध्‍ये एक जना हुन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफैँलाई इन्कार गर्नुपर्छ

“आफ्नै इच्छाहरूमा तल्लीन हुनुहुँदैन” वा “आफ्ना इच्छाहरूलाई त्याग्‍नुपर्छ”

आफ्नो क्रूस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ

“आफ्नो क्रूस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ ।” क्रूसले दुःख र मृत्‍युलाई जनाउँछ । क्रूस उठाउने कुराले दुःख भोगेर मर्न तयार हुने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “दुःख भोग्‍नुपर्दा र मृत्‍युमा नै पुग्‍नुपर्दा पनि मेरो आज्ञा पालन गर्नुपर्दछ” or “दुःख भोग्‍नुपर्दा र मृत्‍युमा नै पुग्‍नुपर्दा पनि उसले मेरो आज्ञा पालन गर्नुपर्दछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

र मलाई पछ्याउनुपर्छ

यहाँ येशूलाई पछ्याउने भन्‍नाले उहाँको आज्ञापालन हो । वैकल्‍पिक अनुवादः “र मेरो आज्ञा पालन गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)