ne_tn/mat/16/04.md

3.1 KiB

एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ ... त्यसलाई दिइनेछ

येशू उहाँको वर्तमान पुस्तासँग कुरा गरिरहनुभएको छ । वैकल्‍पिक अनुवादः “तिमीहरू दुष्‍ट र व्यभिचारी पुस्ता हौ जसले मबाट चिन्ह माग गर्छ ... तिमीहरूलाई दिइनेछ” तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

एउटा दुष्‍ट र व्यभिचारी पुस्ता

यहाँ “व्यभिचारी” भनेको परमेश्‍वरप्रति विश्‍वासयोग्य नरहेका मानिसहरूका लागि अलङ्कार हो । तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “एउटा अविश्‍वासी पुस्ता” वा “एउटा ईश्‍वरहीन पुस्ता” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसलाई एउटा चिन्ह दिइनेछैन

येशूले तिनीहरूलाई कुनै चिन्ह दिनुहुने थिएन किनभने, उहाँले थुप्रै आश्‍चर्यकर्महरू गर्नुभएको भएतापनि, तिनीहरूले उहाँलाई विश्‍वास गर्न इन्कार गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “म यसलाई कुनै चिन्ह दिनेछैन” वा “परमेश्‍वरले तिमीहरूलाई कुनै चिन्ह दिनुहुनेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

योनाको चिन्हबाहेक

“परमेश्‍वरले योना अगमवक्तालाई दिनुभएको चिन्हबाहेक ।” तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।