ne_tn/mat/15/13.md

1.6 KiB

मेरो स्वर्गका पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ

यो एउटा अलङ्कार हो । येशूले भन्‍न खोज्‍नुभएको चाहिँ फरिसीहरू वास्‍तविक रूपले परमेश्‍वरका सन्‍तान होइनन्, यसैले परमेश्‍वरले तिनीहरूलाई हटाइदिनुहुने छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो स्वर्गीय पिता

यो परमेश्‍वरको लागि महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्‍वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

उखेलिनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मेरा पिताले तिनीहरूलाई उखेल्‍नुहुनेछ” वा “उहाँले तिनीहरूलाई जमिनबाट बाहिर तान्‍नुहुनेछ” वा “उहाँले तिनीहरूलाई हटाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)