ne_tn/mat/11/29.md

2.5 KiB

मेरो जुवा तिमीहरूमाथि लेओ

येशूले निरन्‍तर अलङ्कार प्रयोग गर्नुहुन्‍छ । मानिसहरूलाई आफ्‍नो चेलाहरू हुन र आफ्‍नो पछि हिंड्‍नका लागि येशूले निमन्‍त्रणा दिंदै हुनुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म नम्र र कोमल हृदयको छु

यहाँ “नम्र” र “कोमल” को आधारभूत रूपमा एउटै अर्थ हुन्‍छ । येशू आफैँचाहिं धार्मिक अगुवाहरूभन्‍दा धेरै नै दयावान् हुनुहुन्‍छ भनेर जोड दिनका लागि उहाँले यी शब्‍दलाई एकसाथ प्रयोग गर्गुहुन्‍छ । वैकल्‍पिक अनुवादः “म भद्र र नम्र छु” वा “म धेरै कोमल छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

नम्र हृदयको

यहाँ “हृदय” भनेको व्यक्तिको भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । “नम्र हृदयको” भनेको “विनम्र”लाई जनाउने वाक्पद्धति हो । वैकल्‍पिक अनुवादः “विनम्र” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउने छौ

यहाँ “आत्‍मा” शब्दले सम्‍पूर्ण व्‍यक्तत्‍वलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूले आफ्‍ना लागि विश्राम प्राप्‍त गर्ने छौ” वा “तिमीहरूले विश्राम गर्न सक्षम हुनेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)