ne_tn/mat/11/27.md

2.7 KiB

मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मेरा पिताले मलाई सबै कुरा सुम्पिदिनुभएको छ” वा “मेरा पिताले सबै कुरा मेरो जिम्मामा दिनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सबैकुराहरू

सम्भावित अर्थहरू हुन् १) परमेश्‍वर पिता आफैँले र उहाँको राज्यको बारेमा सबै कुरा येशूमा प्रकट गर्नुभयो वा २) परमेश्‍वरले येशूलाई सबै अधिकार दिनुभयो ।

मेरा पिता

यो परमेश्‍वरको लागि महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्‍वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन

“केवल पिताले मात्रै पुत्रलाई चिन्‍नुहुन्छ”

कसैले चिन्दैन

यहाँ “चिन्‍नु” शब्‍दको अर्थ कसैसँग परिचित हुनु मात्र होइन । यसको अर्थ व्‍यक्तिहरू आपसमा विशेष सम्‍बन्‍ध भएको हुनाले घनिष्‍ठ रूपले चिन्‍ने कुरा हो ।

पुत्र

येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्‍थ्‍यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

पुत्र

यो परमेश्‍वरको पुत्र, येशूको लागि एक महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन

“पुत्रले मात्रै पितालाई चिन्‍दछ”